गुरु
सन्दर्भ गुरु पूर्णिमा— २०८०

साधना पाेख्रेल, कक्षा १० क
सानो हुँदा सिकियो लेख्न पढ्न खेल्न रमाई रमाई
हजुरबाटै शुरु भयो हाम्रो सिकाई हात समाई समाई
सबैलाई डाक्टर, इञ्जिनियर, प्रहरी अनेक बनाउनुभयो
हामीलार्ई राम्रो र नराम्रो सबै हजुरले नै सिकाउनुभयो
निस्वार्थ मनले हामीलाई जीवनको उच्च शिखर देख्न चाहनुभयो
हामीलाई शिक्षा र जीवनको महत्त्व हजुरले नै सिकाउनुभयो
सँधैभरि हामीलाई सन्तानसरह माया गर्नुभयो
हाम्रो सफलताको लागि निकै मेहनत गर्नुभयो
हामीलाई किताबको ज्ञानमात्र होइन जीवन ज्ञान दिनुभयो
भविष्यमा आत्मनिर्भर बन्नुपर्छ भनी हौसला पनि दिनुभयो
आफू अँध्यारोमा बसि हामीलाई ज्ञानको ज्योति दिनुभयो
धन्यवाद गर्छौ गुरु हजुरलाई हामीलाई सँधै सिकाउनुभयो